नियम ५
सन्धि वा सम्झौता गरी कामदार पठाउँदा छनौट गर्ने मापदण्ड र प्रक्रिया
ऐनकोदफा ६ बमोजिम नेपाल सरकारले नेपालसँग कुटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी कामदार पठाउने प्रयोजनका लागि आवश्यक व्यक्तिहरूको छनौट गर्दा त्यस्तो सन्धि वा सम्झौतामा उल्लेख गरिएका कुराहरूको हकमा सोही बमोजिम र उल्लेख नभएका कुराहरूको हकमा देहायका मापदण्ड र प्रकृया पूरा गरेका व्यक्तिहरूमध्येबाट छनौट गर्नु पर्नेछ–
(क) सामान्य लेखपढ गर्न जानेको,
(ख) काम गर्न जाने मुलुकको कानून, भाषा, संस्कृति, रहन सहन सम्बन्धी
सामान्य जानकारी भएको,
(ग) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सामान्य जानकारी भएको,
(घ) अभिमुखीकरण तालिमको प्रमाणपत्र प्राप्त गरेकोे,
(घ१) सम्बन्धित कामको तालीम लिएको,
(ङ) मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट निरोगिताको प्रमाणपत्र प्राप्त गरेको,
(च) ऐनको दफा ६ को उपदफा (२) बमोजिमको निर्देशक समितिले
तोकेको अन्य प्रकृया र मापदण्ड पूरा गरेको ।